विपी प्रतिष्ठानका चिकित्सकले सामूहिक राजीनामा दिए, जाँच त भयो तर पास हो कि फेल हो ?
- आश्विन २४, २०८० मा प्रकाशित
कासिन न्यूज,
विराटनगर ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । लामो समयदेखि बढुवा रोकिएको भन्दै १७७ जना डाक्टरले शुक्रबारबाट लागू हुनेगरि सामूहिक राजीनामा दिएका हुन् ।
चिकित्सक र कर्मचारीको बढुवा रोकिएपछि आन्दोलनरत चिकित्सकले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमा भेटेर राजीनामापत्र बुझाएको डाक्टर एसपी रिमालले जानकारी दिए ।
चिकित्सकहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेटेर ज्ञापनपत्र बुझाएका थिए ।‘विगत ६ वर्षदेखि प्रमोशन ठप्प प्रायः छ, विगतका कैयौँ आन्दोलनहरूपछि बल्लबल्ल खुलेको प्रमोशनको अन्तरवार्ता ६० प्रतिशतको सकिसक्दा पनि पनि टुंगो छैन,’ रिमालले भने ‘शिक्षकहरूको जाँच त लिनुभयो तर पास हो कि फेल हो नै भन्दिनुभएन ।’
पटक पटक सहमति भएपनि कार्यान्वयन नभएपछि राजीनामा बुझाएको उनले बताए । उनले भने, ‘तत्कालै समाधान हुने तर जानाजान लम्बाइएको र दिनरात प्रतिष्ठानका लागि काम गर्ने शिक्षकहरुलाई दुःख दिने मनशायले रोकिएकका हाम्रा मागहरु पूरा नगरिएमा शुक्रबारदेखि लागु हुनेगरी १७७ जना शिक्षकहरुले राजीनामा स्वास्थ्य मन्त्री र प्रधानमन्त्रीलाई बुझाएका छौं ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments