राजनीति / सुदूरपश्चिम अधिवेशन : एमालेमा जालझेल र षडयन्त्र
- आश्विन २५, २०८० मा प्रकाशित
कासिन न्यूज,
धनगढी ।
पाँच दिन लामो सहमतिको प्रयास बिफल भएको छ । नेकपा एमाले सुदूरपश्चिम अधिवेशनमा सहमतिको प्रयास बिफल भएपछि अहिले मतदानको तयारी हुँदै छ ।
प्रमुख निर्वाचन अधिकृत पदम पालले अध्यक्षका लागि अहिलेसम्म कृष्ण प्रसाद जैसी र भरत साउदको उम्मेदवारी कायमै रहेको बताए । दुई जनाको उम्मेदवारी कायमै रहेपछि मतदान हुने भएको हो ।
मतदानको लागि मतपत्र छपाएको काम भइरहेको बताउँदै निर्वाचन अधिकृत पालले त्यस लगत्तै मतदान हुने जानकारी दिए ।
यसअघि अध्यक्षका लागि जैसी र साउदसहित कमल तिमिल्सेना, बच्चन सिंहले पनि उम्मेदवारी दिएका थिए । तर नेताहरुबीच जैसीमा केन्द्रित रही सहमतिको खाका ल्याएपछि तिमिल्सिना र सिंहले उम्मेदवारी फिर्ता लिएका थिए । तर साउदले भने उम्मेदवारी कायमै राखेका हुन् ।
यसैबीच सहमतिको प्रयासमा पाँच दिन बितेपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट धनगढी आएका धेरै प्रतिनिधिहरू घरफर्किएका छन् । नेताहरुले सहमतिको नाममा प्रतिनिधिहरूको अवमुल्यन गरेको र धेरै विलम्ब गरेको भन्दै रुष्ट भएका प्रतिनिधिहरू घर फर्किएका हुन् ।
अध्यक्षका प्रत्यासी साउदले आफू सहमतिमा आउन तयार रहेको तर अर्को पक्षले जालझेल र षडयन्त्र गरेको बताए । उनले भने –’म अध्यक्षको उम्मेदवारी फिर्ता लिन तयार थिए, तर जालझेल र षडयन्त्र भयो । उपसचिवमा नरबहादुर विक र भागिरथी विष्टलाई सर्वसम्मत गराउने भनिए पनि अन्य प्रत्यासीलाई उम्मेद्वारी फिर्ता नगराएर तिकडम गरियो । त्यसैले अव निर्वाचनमा जानुको विकल्प छैन । ’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments