खेल / क्रिकेट : यू-१९ प्रिमियर कप > इरानविरुद्ध बलिङमा सानदार प्रदर्शन
- आश्विन २५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपालले यू१९ प्रिमियर कपमा इरानविरुद्ध बलिङमा पनि सानदार प्रदर्शन गरेको छ । जितका लागि ३ सय ५४ रनको विशाल विजयी लक्ष्य पछ्याएको इरानले १९ ओभरमा ५ विकेट गुमाउँदा ५६ रन बनाएकोछ ।
इरानका ओपनर आमेर खोर्सन्द २२ बलमा १ चौका र ५ छक्कासहित ३७ रनमा आउट भए । उनी आकाश चन्दको बलमा मिलन बोहराबाट क्याच आउट भएका थिए । अन्य इरानी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
समान शेखीलाई सुवास भण्डारीले ५ रनमा बोल्ड आउट गरे ।
सलमान निजामान्द दीपेश कँडेलको बलमा १ रनमा बोल्ड आउट भए । दीपेशले अर्सलान शेखीलाई २ रनमा बोल्ड आउट गरे । सलिम ताल २ रनमा सुवास भण्डारीको बलमा क्याच आउट भए । नेपालका सुवास भण्डारी र दीपेश कँडेलले दुई दुई विकेट लिएका छन् ।
त्यसअघि मलेसियाको वाइएसडी युकेएम ओभल बाँगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४०.१ ओभरमा ३ सय ५६ रनमा अल आउट भएको थियो । नेपालका देव खनालले ६० बलमा १२ चौका र ४ छक्कासहित १ सय रनको शतकीय इनिङ खेलेका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments