अभावले जगाएको व्यवसाय : घरको कमजोर आर्थिक अवस्था सुधार्न मलेसिया पुगेका केसीको दुध जीवन
- आश्विन २५, २०८० मा प्रकाशित
सुशीला ओली,
घोराही (दाङ) ।
विसं २०७१ अघि दुईवटा भैँसीपालन गरेका घोराही ५ धर्नाका नोमबहादुर केसीले साइकलबाट दूध बेचेको अनुभव सुनाए । पैतालीस वर्षीय केसी तीन वर्ष घरको कमजोर आर्थिक अवस्था सुधार्ने विचारले मलेसिया रोजगारीका विदेशीएका रहेछन् । मेलेसियाबाट फेर्केपछि फेरि उनी रोजगारीकै लागि भारत गए । त्यहाँ पनि उनले सोचे अनुसारको कमाउन सकेनन । त्यसकारण पनि उनी सँग वैदेशिक रोजगारीका क्रममा कैयौँ दुःख झेलेको अनुभव छ ।
केसीले अहिले दैनिक दुई सय लिटर दूध बेच्छन् । बिहानै गाउँबाट मोटरसाइकलमा दूधका क्यान झुन्ड्याएर घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बेच्दै आएका छन् । विसं २०७१ बाट सुरु गरेको पशुपालन व्यवसायले राम्रो आम्दानी भएको बताउँछन् । बताउनुभयो । केसीकोे मालति बहुउद्देश्यीय पशु तथा कृषि फार्म छ ।
“विदेशमा गरिने परिश्रम नेपालमा गर्न सके सफलता प्राप्त गर्न गाह्रो छैन”, उनले भने, “विदेशमा १८ घण्टा काम गर्छौँ, कमाइ भएको देख्छौँ, तर स्वदेशमा काम आठ घण्टा पनि गर्दैनौँ कमाइ धेरै खोज्छौँ, अनि जति कमाए पनि कमै देख्छौँ ।” केसीले स्वदेशमै केही गर्नुपर्छ भनेर थालेको पशुपालन व्यवसायले आम्दानीसँगै तीन/ चार स्थानीय युवालाई रोजगारी दिएका छन् ।
आफनो फार्मबाट दैनिक ३० लिटर र बाँकी गाउँका अन्य किसानबाट दुध खरिद गरी बिक्री गर्छन् । उनको फार्ममा १८ भैँसी र तिनका पाडापाडी छन् ।
केही दूध डेरी पसल र होटलमा दिन्छन् भने भने बाँकी घरघरमा पु¥याएर फुटकर बेच्छन् । यही कामबाट आफूले मासिक रु दुई लाखसम्म आम्दानी गर्ने गरेको बताए । उनले प्रतिलिटर रु एक सयमा दूध बेच्ने गरेका छन् । केसीले आफनै जग्गामा मौसमअनुसार घाँस लगाउछन् । उनले पराल र भूस पनि आफ्नै जग्गाबाट उत्पादन गर्छन् । मोटरसाइकलमा दूधका क्यान बोकेर हिँड्दा ट्राफिक प्रहरीले समाउने गरेकोे उनले बताए ।
उनले भने , “धेरै पटक जरिवाना तिरेको छु, मोटरसाइकलमा यसरी बोक्ने होइन, गाडी किन्न भन्छन् ।” तत्काल गाडी किन्न नसक्ने हँुदा समस्या भएको उनले बताए । किसानप्रति सम्मानको व्यवहार नभएका कारणले पनि युवा कृषिमा आकर्षित हुन नसकेको उनकोे भनाइ छ ।
उनले हालसम्म कतैबाट अनुदान नपाएको बताए । राज्यले वास्तविक किसानको हितमा काम गर्ने नीतिका साथ पशुपालक किसानलाई सहुलियत दिनुपर्ने उनकोे धारणा छ । वास्तविक किसानले अझै पनि अनुदान पाउन नसक्ने समस्या कायम रहेको उनले बताए । वैदेशिक रोजगारीबाट फर्केर कृषि क्षेत्रमा लागेका केसी उदाहरण पात्र मात्रै हुन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments