•  २६ पुष २०८१, शुक्रबार

द्वन्द्वमा इजरायल : नेपाली विमान इजरायलमा > दुई सय ५० सिट क्षमताको सो विमान विहिबार राति ९ बजे फर्किने

- आश्विन २५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

काठमाडौँबाट बिहीबार बिहान ४ बजे प्रस्थान गरेको विमान दुबईलाई ‘टान्जिट’ बनाएर इजरायल गएको हो । उक्त विमान नेपाली समयअनुसार करिब २ बजे इजरायलमा अवतरण गरेको छ । नेपाल वायुसेवा निगमको विमान इजरायल पुगेको छ ।

प्यालेस्टाइनी विद्रोही समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन सरकारले उक्त विमान इजरायल पठाएको हो । विमानमा परराष्ट्रमन्त्री एनपी सावद पनि छन् ।दुई सय ५० सिट क्षमताको सो विमान आजै राति ९ बजे फर्किने जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर