अपराध / दसैंको मुखमा बढ्यो लुटपाट : सुन लुटपाट र अन्य शंकास्पद गतिविधि गरिरहेका घलान प्रहरीको गोलीबाट घाइते
- आश्विन २५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
बिहीबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाउँदा बौद्धमा एक जना घाइते भएका छन् ।
सिन्धुली घर भएका अमर घलान घाइते भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
ती अधिकारीका अनुसार सुन लुटपाटका साथै अन्य शंकास्पद गतिविधि गरिरहेको सूचनामा आधारमा पुगेको टोलीलाई जाइलागेपछि गोली चलाइएको हो । लुटेरा समूहले हाम्रो प्रहरी टोलीमाथि आक्रमण गर्दा आत्मरक्षाका लागि जवाफी फायर गर्दा घनाल घाइते भएका हुन् ।” घाइते भएका घनालको एनएम्स अस्पताल जोरपाटीमा उपचार भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
यसैगरी उक्त घटनामा शान्त लामा र जितेन लामालाई प्रहरीले नियन्त्रणमा लिनुका साथै उनीहरुको साथबाट सात राउण्ड गोली, एउटा पेस्तोलसहित दुई वटा मोटरसाइकल बरामद गरिएको प्रहरीले बताएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments