द्वन्द्वमा इजरायल : नेपाली विद्यार्थीहरू स्वदेश फर्किदै > २ सय ५० जनाले विमान चढे
- आश्विन २५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
इजरायल र गाजाबीचको युद्धका कारण इन्टर्नसीप गर्न इजरायल पुगेका नेपाली विद्यार्थीहरू स्वदेश फर्किन लागेका छन् । स्वदेश फर्किनका लागि ३ सय भन्दा बढी नेपालीले अनलाइन आवेदन दिएका छन् ।
इजरायलबाट नेपाल आउनका लागि २५० जना नेपाली विमान चढेका छन् । इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू विमान चढेका हुन् ।
उनीहरूलाई लिएर फर्किने विमान राति नेपाल आइपुग्नेछ । नेपाली विद्यार्थी ल्याउनको लागि परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको टोली गएराति इजरायल प्रस्थान गरेको थियो ।
इजरायलमा समस्यामा परेका नेपालीहरूको जहाज चार्टड गरेर नेपाल ल्याउने निर्णय सरकारले गरेको थियो । सोही आधारमा पहिलो चरणमा बिहिबार राति नेपाल आइपुग्न लागेका हुन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments