सरुवामा प्रजिअ : धार्मिक र साम्प्रदायिक दङ्गा भड्किएपछि प्रजिअ आचार्यलाई गृह मन्त्रालयमा फिर्ता > ३ जिल्लाका प्रजिअ फेरीए
- आश्विन २५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
गृह मन्त्रालयले बाँकेका प्रमुख जिल्ला अधिकारी ( प्रजिअ ) विपिन आचार्य सहित ४ जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ । धार्मिक र साम्प्रदायिक दङ्गा भड्किएपछि प्रजिअ आचार्यलाई गृह मन्त्रालयमा फिर्ता बोलाइएको छ ।
बाँकेको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेललाई पठाएको गृह मन्त्रालय स्रोतले जानकारी दियो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन् ।
सर्लाहीमा कार्यरत इन्द्रदेव यादवलाई जिल्ला प्रशासन कार्यालय इलाममा सरुवा गरिएको छ । कोमलप्रसाद धमलालाई सर्लाहीमा सरुवा गरिएको छ । धमला दोलखाका प्रजिअ थिए । जिल्ला प्रशासन कार्यालय दोलखाको प्रजिअमा टुवराज पोखरेललाई पदस्थापन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments