द्वन्द्वमा इजरायल : इजरायल–हमास द्वन्द्वका बीच अमेरिकी विदेशमन्त्री ब्लिङ्केन तेल अविवमा
- आश्विन २५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन अधिकारीहरूसहितको एक टोलीसँगै बिहीबार तेल अविव आइपुगेको इजरायलको आई२४ न्यूज इङ्गलिसले जनाएको छ । गत शनिबार हमासले आक्रमण गरेपछि इजराइल र हमासबीचको जारी द्वन्द्वका बीच उनको यो भ्रमण भएको हो ।
विदेशमन्त्री ब्लिङ्केनसँग रहेका अमेरिकी अधिकारीहरूमा उनका सल्लाहकार डेरेक चोलेट, उनका डेपुटी चिफ अफ स्टाप टम सुलिभान, विदेश मन्त्रालयका प्रवक्ता माथ्यु मिलर, निकट पूर्वीमामिला सहायकमन्त्री बार्बरा लिफ, प्यालेस्टिन मामिलाका विशेष प्रतिनिधि ह्याडी आमर र बन्धक मामिलका लागि राष्ट्रपतिका उपविशेष दूत स्टिभ गिलन हुन ।
आफ्नो भ्रमणका क्रममा विदेशमन्त्री ब्लिङ्केनले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहु, ब्रिगेडियर जनरल गल हिर्स्च र अन्य इजरायली अधिकारीहरूसँग बैठक गर्छन् ।
इजरायलको भ्रमण सकिएपछि उनले जोर्डनका राजा अब्दुल्लाह र प्यालेस्टिनी राष्ट्रपति मोहमुद अब्बाससँग अम्मानमा भेट गर्नेछन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments