खेल / पौडी : आरजी इन्टर हाउस पौडी प्रतियोगितामा वाटर हाउस विजेता
- आश्विन २५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
राजर्षि गुरुकुलले आयोजना गरेको आरजी इन्टर हाउस पौडी प्रतियोगितामा वाटर हाउस विजेता बनेको छ । विद्यालयको प्राङ्गणमा रहेको स्विमिङ पुलमा आयोजित प्रतियोगितामा वाटर हाउसले ११६ अङ्क ल्याएर पहिलो भएको राजर्षि गुरुकुलका खेलकुद प्रमुख कमल खड्काले जानकारी दिए ।
सन हाउस १०६ अङ्कसहित दोस्रो भयो । यस्तै रकले १०० र ट्रीले २७ अङ्क जोड्यो । प्रतियोगितामा कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरूले सहभागिता जनाएको विद्यालयका निर्देशक दिनेश भुसालले बताए ।
उनीहरूले फ्रिस्टाइल, ब्याकस्ट्रोक, ब्रेस्टस्ट्रोक र किकिङ बोर्ड र ट्युबमा प्रतिस्पर्धा गरेका थिए । विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा हुँदा वाटर हाउसका खेलाडी पाँच विधामा विजेता बनेका थिए भने पाँच विधामा उपविजेता बनेका थिए ।
विद्यालय तह देखि नै अध्ययनसँगै खेलकुदको विकास गर्न र विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा समेत प्रोत्साहन गर्नका लागि यस किसिमको प्रतियोगिता आयोजना गरेको विद्यालयका प्रधानाध्यापक लियोन श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments