ग्राहकको महत्व नबुझ्ने काठमाडौंको बजार
- आश्विन २६, २०८० मा प्रकाशित
काठमाडौं ।
फेसबुक(अनुहार किताब)को कठघरामा उभिएको यो आत्मालाई अनुहार किताबले निकै सजाय दियो । जति बेला पुरानो आई डि तर्फ आँखा लगायो फेसबुकले क्रेडिट कार्डको झल्को दिन्छ । फेसबुकले क्रेडिट कार्डको सिमा देखाउन थालेको पनि धेरै भै सक्यो खोई कहिले सम्म देखाउने त्यो झल्को ।
अनुहार किताबले दिएको सिमाको कारण पनि अचेल सिम्रन सँग त्यति कुरा हुन् नपाएको होला । कथम कदाचित कुरा गर्न पाइ हालीयो भने त्यो पनि झल्याक झुलुक मात्र दुई चारवटा अक्षरमा सिमित हुन्छ ।
ए हो त अर्को कुरा अचेल सिम्रन अलि बिजि भएकी छिन् । काठमाडौं छोडेर दसैं मान्न आफनो थातथलोमा जाने चटारोले निकै छोएको छ सिम्रनलाई । जति जति घर जाने दिन आउँछ सिम्रनको टाउको दुखाई पनि बढ्दै जाँदो रहेछ ।
यस्तो चाँही के भयो होला भनि सिम्रनलाई प्रश्न गर्दा उनको जवाफ सहज आउँछ त्यो काठमाडौंमा बढेको बजारभाउ । जसले गर्दा अहिले सिम्रन जस्ता धेरै गृहणीहरुको ठूलो टाउको दुखाई बनेको छ देशमा बजारले जसरी आफूलाई बजारीकरण गरिरहेको छ त्यसको तुलनामा एक छेउ पनि ग्राहकले बजारीकरणको महत्वलाई प्रयोग गर्न पाइरहेका छैनन् ।
किन रहेछ यस्तो भएको भनेर प्रश्न भुँइमा खस्न नपाउँदै सिम्रनले जवाफ दिइन अहिले बजारले हाम्रो ढाड भाँच्ने काम मात्र गरिरहेको छ । सिम्रनको भाषालाई बुझ्ने हो साच्चै बजारका ग्राहकहरुको ढाड दुख्ने रोगले बेल्ट बाँध्ने अवस्थामा पुगेका छन् । जसको कारण अरु केही नभएर बजारले ग्राहकलाई दिएको सास्ती हो ।
अहिले बजारमा चिनीको अभाव भएको छ । केही दिनअघि सरकारले चिनीको अभाव नहुने दाबी गरेको थियो । तर यतिबेला दुइ किलो चिनीको लागि दिनभरी लाईन बस्नु परेको छ ।
कृत्रिम अभाव गरेर चिनीको मूल्य बढाउनेलाई कारबाही गर्न बजार अनुगमन भइरहेको जवाफ सरकारको छ भने व्यापारीले मौज्दात भएका चिनी लुकाउँदा बजारमा अहिले चिनीको अभाव भएको हो ।
भने उता नयाँ बसपार्कमा बसको टिकटको लागि लाम लाग्नेहरुको एक प्रकारको दैनिकी बन्न थालेको छ । बिहान उठेर बसपार्कमा लामबद्ध हुनुपर्ने फर्कदा बिना टिकट खाली हात फर्कनु पर्ने अवस्था छ । यीनै बिघ्नताको बिचमा काठमाडौं छोडेर दसैं मान्न घर जान लागेका सिम्रन जस्ता गृहणी देखी युवायुवतीहरुको टाउको दुखाई बन्न थालेको छ अहिले काठमाडौं ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments