तीनकुने गैरीगाउँ हत्या काण्ड : हत्या गरेपछि यथा स्थानमै बसेर चुरोट खाएर आराम गरेको तर असहज महसुस नभएको

- आश्विन २६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

गत भदौ २९ गते राती करिब ८ बजे तीनकुनेको गैरीगाउँमा भएको जन्मजात बोल्न नसक्ने सामूहिक हत्याका अभियुक्त सञ्जय भण्डारीले चार जनाको हत्या गरेपछि करिब २ घण्टा त्यहीँ आराम गरेर बसेको बयान दिएका छन् ।
प्रहरीसँगको बयानमा हत्या गरिएको स्थानमै बसेर चुरोट खाएर आराम गरेको र असहज महसुस नभएको समेत भण्डारीले बयानमा खुलाएका छन् ।
भण्डारीको बयानमा आफूले चार जनाको हत्या गरेपछि हत्या हुँदा प्रयोग भएको हतियार र कपडामा लागेको रगत पानीले पखालेको, शवको व्यवस्थापन गरेको र सोही स्थानमा करिब २ घण्टा आराम गर्दा त्यहीँ निदाएको समेत बयान दिएका छिन् ।
जन्मजात बोल्न नसक्ने भण्डारीले आफूलाई पहिले मोटरसाइकलले ठक्कर दिई भागेको र ठक्कर दिने व्यक्तिको हत्याका लागि त्यहाँ पुगेपनि अन्य व्यक्तिले देखेको प्रमाण नष्ट गर्न अन्य व्यक्तिको पनि हत्या गरेको बयान दिएका छिन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर