•  २५ पुष २०८१, बिहीबार

शनिबारको खुराक : सम्झनामा स्वर्गीय कवि कार्की > कविता र पाक्यकलाका रहस्यमयी यात्री जो अहिले हामी सामु छैनन

- आश्विन २७, २०८० मा प्रकाशित


सुधीर नेपाल,
काठमाडौं ।

न खान्छस् रक्सि जाँड
न खान्छस् गाँजा भाङ
किन सधैँ हल्लिरहन्छ
तेरो आङ

माथिका हरफका रचनाकार एवं नेपाली साहित्य र यसको प्रर्वद्धनमा आफनो कालभरि लागि रहेका कार्की किचेनका संस्थापक स्वर्गीय कवि मदन कार्कीको जीवन नै एउटा रहस्यमय श्रmृखला बनेको थियो । यो लेखकलाई जहाँ सम्मको याद थियो । त्यो दिन निकै रमाइलो र भावुकताले भरिएको थियो । म कान्तिपुर पब्लिकेशनको नेपाल साप्ताहिकमा काम गर्दाको हो । जहिले पनि आइतबार आउँथ्यो नेपाल साप्ताहिकको एक प्रति मैले उहाँको हातमा हाल्दिनु पथ्र्यो । लागथ्यो त्यो मेरो आइतबारे ठेक्का नै थियो ।
गौशला छेउमा रहेको पान पसलमा पानको बिठा मुखमा चपाउँदै एक हातमा पत्रिकाको चाङ झुण्ड्याउँदै लखर लखर हिंडेको व्यक्तिको सम्झना अहिले पनि आउँछ । जहिले पनि सोचेर बोल्ने, काम र सत्यतालाई आफनो कवच बनाएका एक रहस्यमयी कवि अहिले हाम्रो सामु छैनन । तर उनको कलाको पौरख देखी पिङ्गलास्थानका बासिन्दा मात्र होइनन काठमाडौं देखी बाहिरका साहित्यीक क्षेत्रका व्यक्तिहरु पनि प्रभावित थिए ।

उनी एउटा कवि मात्र थिएनन । कविता त मनलाई अभिब्यक्त गर्ने एउटा माध्यम मात्र थियो । ठेटमा भन्नुपर्दा उनी एउटा कुशल पाक्य बिज्ञानका ज्ञाता थिए । उनले आफनो पाक्यज्ञानको माध्यमले धेरैलाई प्रभावित पारेका थिए । उनका सहयात्री रामबहादुर पहाडीको कथनलाई सुन्दा लाग्थ्यो स्वर्गीय कवि कार्कीमा साच्चै रहस्यमय गुण थियो । जुन गुणलाई निर्हान अहिले सम्म कसैले पनि सकेको छैन् ।
उनको पाक्यकलाको माध्यमले उनलाई जापान सम्म पुर्याएको रहेछ । जापानमा पनि आफनो पाक्यकलालाई दर्शाएका कवि कार्कीको जापानको जाने किस्सा पनि बढो रोमाञ्चक रहेछ । अरु बिदेश भाँसिदा नगद खर्च गरेर जान्छन् भने कार्की चाँही उल्टो नगद लिएर जापान पुगेका रहेछन् ।
सधैँ रहस्यमय यात्रामा रम्ने कार्कीले जीवनको दुई दशक आधा सरकारी जागीरमा बिताएका रहेछन् । मनुष्यको जिवनको लक्ष्य भनेको आफनो नाममा एउटा सानो छाप्रो बनाउने पनि हो । यही लक्ष्यलाई पूर्ती गर्न स्वर्गीय कवि कार्की सरकारी जागीरलाई त्याग गरेर अग्रिम नगद लिएर उनी जापान तर्फ हानिएका रहेछन् ।
जापानको बसाईलाई केही समयमा टुङ्गाएर नेपाल फर्किएका स्वर्गीय कवि कार्कीमा कविता लेखन र यसका सहयात्रीहरु सँग साक्षत्कारलाई भने उनले टुङ्गिन दिएनन । आफैले स्थापना गरेको कार्की किचेनलाई साहित्यीक छलफल र कला प्रस्तुत गर्ने माध्यम पनि बनाएका रहेछन ।

हरेक महिनाको बिहिबार कार्की किचेनमा साहित्यिक जमघटले ठूलै लय मार्ने गरेको रहेछ ।जसरी साहित्यिक जमघटले लय मारेको थियो यो कार्यक्रमको नामले पनि साहित्यिक क्षेत्रमा ठूलै हंगामा गरेको थियो । ‘अभिव्यक्ति साहित्यिक भेटघाट कार्यक्रम’ साहित्यिक क्षेत्रमा ठूलै हंगामा गर्ने थलो बनेको थियो कार्की किचेन । जसका संरचनाकार थिए कवि कार्की । मानिसको जीवन नै रहस्यको यात्रा हो भन्ने कवि कार्कीले दशक बढी समय बितिसकेको थियो कविताको क्षेत्र अंगालेको ।।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर