कोशी प्रदेश सरकार : मुख्यमन्त्री कार्की त्रिभुवन विमानस्थलबाट सिधै शेखर निवास
- आश्विन २७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
कोशीका नवनियुक्त मुख्यमन्त्री केदार कार्की नियुक्ति हुने वित्तिकै नेपाली काँग्रेसका बरिष्ठ नेता शेखर कोईरालालाई भेट्न काठमाडौं आएका छन् ।
शनिबार प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको नियुक्ति पाएपछि उनी काठमाडौं आएका हुन् । मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिँदैछन् । शपथ लिनुअघि उनी नेताहरुसँग छलफल गर्न तथा भेट्न काठमाडौं आएका हुन् ।
उनी काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण भएपछि कांग्रेस नेता शेखर कोइरालाको निवासमा पुगेका छन् ।
एमालेका ३९ सांसद र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई एमालेलाई पनि सरकारमा सहभागी गराउनुपर्ने बाध्यता छ । तर आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच सत्तारुढ गठबन्धनप्रति प्रतिवद्ध रहने सहमति भएको छ । यही अप्ठेरोका बीच मुख्यमन्त्री कार्की नेताहरुसँग छलफल गर्न काठमाडौं आएका स्रोतको भनाइ छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments