पार्टीलाई बदल्न उर्जा, आशा सहितको अभिभावकत्वको खाँचो आवश्यक छ : सहमहामन्त्री पाण्डे
- आश्विन २७, २०८० मा प्रकाशित
कासिन न्यूज,
अर्घाखाँची ।
कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले २०१५ सालदेखि हालसम्म एउटै पद्धतिमा हिँडेको कांग्रेसलाई बदल्नुपर्ने आवश्यक रहेको बताएका छन् । जनताको चाहनाअनुरुप पाटीलाई बदल्न उर्जा, आशा सहितको अभिभावकत्वको खाँचो रहेको उनको भनाइ थियो ।
कांग्रेस अर्घाखाँचीले आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रम समापन समारोहलाई शनिबार सन्धिखर्कमा सम्बोधन गर्दै पाण्डेले कांग्रेसलाई रुपान्तरण गर्नुपर्ने अहिलेको आवश्यकता रहेको औंल्याए । ‘युवाहरु निराशाजनक अवस्थाबाट पलायन भएका छन्,’ उनले भने, ‘युवालाई आशा जगाउन नसके अवस्था जटिल बन्छ । सरकारले यतातिर ध्यान दिनुपर्छ ।’
सरकारमा रहेको कांग्रेसका मन्त्री र नेताहरुले जनताको चाहना अनुसार काम गर्नुपर्ने उनले बताए । मुलुकमा राजनीति क्रान्ति सकिएकाले अब आर्थिक क्रान्तिसहित अवस्थालाई बदल्नुपर्ने पाण्डेले बताए । हरेक परिवर्तनको नेतृत्व गरेको कांग्रेसले अब विकास र समृद्धिको पनि नेतृत्व गर्नुपर्ने पाण्डेको भनाइ छ ।
कांग्रेसको आन्तरिक पार्टी संगठन सुदृढ बनाउने उद्देश्यले कांग्रेसले सन्धिखर्कमा दुई दिने बृहत प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । कांग्रेस नेता देवराज चालिसे, केन्द्रीय सदस्य पुष्पा भुसाल, लम्बिनी प्रदेश सभापति अमरसिंह पुन, पूर्वकेन्द्रीय सदस्य रेवतीप्रसाद भुसाल लगायतका नेताले कार्यकर्तालाई प्रशिक्षण दिएका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments