कार्कीलाई बधाई दिँदै सभापति देउवाले भने मैले पहिले नै मुख्यमन्त्री बनाउन खोजेको थिएँ
- आश्विन २७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
कोशीका मुख्यमन्त्री केदार कार्कीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।
आफूलाई भेट्न धुम्बाराहीस्थित निवासमै आएका कार्कीलाई देउवाले बधाई दिनुका साथै पार्टीमा सल्लाह गरेको भए हुन्थ्यो भनेका थिए ।
देउवाले आफूले पहिले नै मुख्यमन्त्री बनाउन खोजेको, तर पार्टीभित्र सहमति हुन नसकेको बताएका थिए । शनिबार विहान मुख्यमन्त्री नियुक्त भएका कार्की साँझ काठमाडौं आएका थिए । काठमाडौंको त्रिभुवन विमानस्थलबाट सोझै शेखर कोइरालाको निवासमा पुगेका उनले त्यहाँ कोइराला र डा। मिनेन्द्र रिजालसँग भेट गरेका थिए । त्यसपछि मुख्यमन्त्री कार्की देउवा निवासमा पुगेका हुन् ।
कार्की आइतबार विहान ८ बजे शपथ ग्रहणका लागि विराटनगर जानेछन् र फेरि काठमाडौं आउनेछन् । कार्की मन्त्रिपरिषद विस्तारबारे सल्लाह गर्न आएको हुनसक्ने बुझिएको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments