राजनीति / कोशी प्रदेश : संकटमा साथ दिएका सबै (८ जना) सरकारमा सहभागी हुँदै > एमालेबाट रानाको नाम टुंगियो
- आश्विन २८, २०८० मा प्रकाशित
कासिन न्यूज,
विराटनगर ।
नेकपा एमालेले केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा सहभागी हुन मन्त्री चयन गर्दैछ । अहिलेसम्म राम रानाको नाम टुंगिएको र अरु नामका विषयमा छलफल भइरहेको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
एमालेका सबै ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्त भएका छन् र उनले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।
मन्त्रिपरिषद विस्तार गर्दा मुख्यमन्त्री कार्कीले एमालेलाई पनि सहभागी गराउने तयारी गरेकाले मन्त्रीको नामका विषयमा छलफल भइरहेको भण्डारीले बताए । ‘मुख्यमन्त्रीसँग छलफलपछि निर्णयमा पुग्छौं’, उनले भने ।
नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहबाट रामकुमार खत्री र समशेर राईको नाम चर्चामा छ । तर टुङ्गो लागेको छैन । ‘संकटमा साथ दिएका सबै (८ जना) सरकारमा सहभागी हुन्छन्’, मुख्यमन्त्री कार्की निकट स्रोतले भन्यो, ‘सुरुमा को जाने भन्ने टुङ्गो लागेको छैन ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments