खेल / क्रिकेट : यू–१९ एसिसी प्रिमियर कप क्रिकेट > नेपालले बहराइनलाई हरायो
- आश्विन २८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
मलेसियामा जारी उन्नाइस वर्षमुनि (यू–१९) प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले बहराइनलाई सात विकेटले पराजित गर्दै विजयी भएको छ । बहराइनले जितका लागि ७८ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले ११ दशमलव चार ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा ग¥र्यो । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा नेपालले इरानलाई दुई सय ७४ रनले पराजित गरेको थियो ।
नेपालको जितमा देव खनाल र अर्जुन कुमालले समान ३२÷ ३२ रनको योगदान दिए । देवले २७ बलमा चार चौका र एक छक्काको मद्दतमा अविजित ३२ जोडेका हुन् । त्यसैगरी अर्जुन ३१ बलमा ५ चौकासहित ३२ रनमा आउट भए । ओपनर दीपक बोहराले चार रन जोडे । बहराइनका अन्स ओबैद सैइदले तीन विकेट लिए ।
त्यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइनले ३७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७७ रन बनाएको थियो । बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ७७ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ३४ रन बनाएका हुन् । त्यसबाहेक बहराइका अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बहराइनका कप्तान सीफे रमेशलले छ रन जोडे भने आयन ओबैद सैइदले तीन रन जोडे । सार्थक वैद्दराजु दुई रनमा आउट भए । बलिङतर्फ नेपालका दिपेश कँडेल एक्लैले छ विकेट लिए भने दुर्गेस गुप्ताले चार विकेट विकेट लिए । नेपालले अब आगामी कात्तिक २ गते साउदी अरेवियासँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा नेपाल सेमिफाइनलमा पुग्नेछ । प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आगामी डिसेम्बरमा हुने एसिसी एसिया कप खेल्न पाउनेछन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments