जमाना बदलिएको छ, अब तपाईंहरु बदलिनुस् हामी बदलिन तयार छौं : महामन्त्री शर्मा

- आश्विन २८, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘कोशी घटना’लाई ‘डढेलो’ बन्न नदिन संयम र परिपक्वता राख्नुपर्ने आग्रह गरेका छन्। सामाजिक सञ्जाल ‘एक्स’मा एक ‘थ्रेड’ लेख्दै उनले सल्लाहले ‘डिभोर्स’ गर्न मिल्छ तर घरायसी ठाकठुकमा छिमेकतिर लहसिन नहुने बताएका छन्। ‘पुस १०’ पनि नबिर्सन उनको आग्रह छ।
शर्माले गठबन्धन गरिसकेपछि राम्रो–नराम्रो सबै बेहोर्नुपर्ने बताएका छन्। ‘एकल बहुमत नभएपछि सहकार्यको संस्कृति मान्नैपर्छ’, उनले लेखेका छन्।
सहकार्यको संस्कृति पालना गर्न आफूहरूलाई निर्वाचनले नै निर्देश गरेको र गणित नै त्यस्तो रहेको उनको भनाइ छ। यस्तो बेला नेतृत्वले निरन्तर संवादमार्फत् संगठित संयम र एकीकृत परिपक्वता प्रस्तुत गर्न जरुरी रहेको उनले लेखेका छन्।

कोशी प्रदेशको मुख्यमन्त्रीका सन्दर्भमा शर्माले लेखेका छन्– ‘व्यक्ति चयनमा संस्थागत प्रक्रिया न सभापतिले अपनाउनु भयो, न ’फरक विचार समूहको नेता’ले आफ्नै समूहभित्र ’साझा मत’ खोज्नुभयो। थोरै फरक, करिब उस्तै शैलीले पार्टीको हित हुन्न’, शर्माको भनाइ छ।उनले अन्तिममा सन्देश दिएका छन्, ‘जमाना बदलिएको छ, अब तपाईंहरु बदलिनुस्। हामी बदलिन तयार छौं। पार्टीको हित तपाईं हामी बदलिनुमा सन्निहित छ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर