द्वन्द्वमा इजरायल : गाजा युद्धको पहिलो हप्तामा अनुमानित १० लाख मानिस विस्थापित
- आश्विन २८, २०८० मा प्रकाशित
कासिन न्यूज,
जेरुसेलम ।
संयुक्त राष्ट्रसङ्घीय राहत तथा सहयोगसम्बन्धी निकायले गाजामा जारी द्वन्द्वको पहिलो सात दिनमा करिब १० लाख मानिस विस्थापित भएको जनाएको छ ।
युएनआरडब्लुएका सञ्चार निर्देशक जुलिएट टौमाले एएफपीसँग भने , “गाजामा जारी युद्धका कारण पहिलो सात दिनमा अनुमानित १० लाख मानिस विस्थापित भएका छन् ।
प्यालेस्टिनी शरणार्थीलाई सहयोग पु¥्याउँदै आएको युएनआरडब्लुएका अधिकारीहरूले भनेका छन्, ‘मानिसहरू घर छोडेर हिँड्ने क्रम जारी रहेकाले यो सङ्ख्या अझ बढी हुने सम्भावना छ ।”
गत अक्टोबर ७ मा इजरायलको दक्षिणी भागमा इस्लामिक लडाकुसमूहले गरेको आक्रमणमा एक हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि इजरायलले गाजापट्टीमा हमासको निशानामा आक्रमण गर्दै आएको छ ।
इजरायली हवाई आक्रमणमा गाजामा हमासका नेता, लडाकू र उनीहरूका लुकेका स्थानहरूलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा परी दुई हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments