प्रधानमन्त्री दाहालको चेतावनी : परिवर्तन विरोधी, स्वैच्छाचारी, अराजकतावादीहरू सडकमा आएर क्रान्तिकारी र परिवर्तनकारीलाई चुनौती दिंदै

- आश्विन २९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाको सन्देश सभा सकिएपछि सडक संघर्ष चर्काउने बताएका छन् । सोमबार सुदूरपश्चिमको धनगढीमा मोर्चाले गरेको सभालाई सम्बोधन गर्दै सडक संघर्ष चर्काउने बताएका हुन् ।
छिट्टै मोर्चाको बैठक बसेर समीक्षा गरी संघर्षका लागि जनपरिचालन गर्ने उनले चेतावनी दिए । ‘मधेसदेखि सुदूरपश्चिमसम्म भएका सन्देशसभा रियल्सन मात्र हो । छिट्टै मोर्चाको बैठक बसेर अहिलेसम्म भएका कामको समीक्षा गर्छौँ ।

म चाहन्छु प्रतिक्रान्तिकारीको विरुद्ध देशभर ठूला सहरमा जनपरिचालन तुरुन्त गर्न जरुरी छ’, चुनौती दिँदै उनले भने, ‘परिवर्तन विरोधी, स्वैच्छाचारी, अराजकतावादीहरू सडकमा आएर क्रान्तिकारी र परिवर्तनकारीलाई चुनौती दिएका छन् ।
तीनका विरुद्ध लाखौं जनता र कार्यकर्ता सडकमा ल्याएर चुनौती दिन जरुरी छ ।’ जनपरिचालनको कार्यक्रम बनाउन लागेको जानकारी दिँदै उनले त्यसकै तयारीमा जुट्न आग्रह गरे

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर