सुरु भयो बडादसैं : खाद्यले खसीबोका बिक्री गर्ने, जीउँदो खसी किलोको छ सय ८०
- आश्विन २९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँका लागि भोलि मङ्गलबारदेखि बिक्री गर्ने खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ । कम्पनीले जीउँदो खसीबोका प्रतिकिलो रु छ सय ८० तथा च्याङ्ग्रा प्रतिकिलो रु एक हजार दुई सय ६० मा बिक्री गर्नेछ ।
उक्त मूल्यमा उपभोक्ताले प्रतिकिलो रु १० छुट पाउनेछन् । कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट बिहान ८ बजेदेखि खसीबोका तथा च्याङ्ग्रा बिक्री गरिने सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए ।
कम्पनीले मकवानपुर, दाङ र कैलालीबाट खसीबोका तथा रसुवाबाट च्याङ्ग्रा ल्याएको छ । ती चौपाया सोमबारमात्रै काठमाडौँ ल्याइएको हो । कम्पनीले उपभोक्ता मूल्यमा हुनसक्ने असन्तुलन रोक्न सानो सङ्ख्यामा भए पनि खसीबोका तथा च्याङ्ग्राको बिक्री गर्दै आएको छ । यस वर्षको दसैँमा दुई हजार खसीबोका तथा एक हजार च्याङ्ग्रा बिक्री गरिने कम्पनीको तयारी छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments