द्वन्द्वमा इजरायल : भारतको उद्धार विमानमार्फत १८ जना नेपाली फर्किंदै
- आश्विन ३०, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
इजरायलमा जारी द्वन्द्वका कारण घर फर्किन चाहनेमध्येका १८ जना नेपाली भारतीय उद्धार विमानमार्फत नेपाल आउने भएका छन् ।
भारतले आफ्ना नागरिकको उद्धारका लागि सुरु गरेको ‘अपरेशन अजय’ अन्तर्गतको विशेष विमानमा उनीहरू मंगलबार भारत आइपुगेका छन् ।
भारतीय विदेश मन्त्री एस जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत यस विषयमा जानकारी दिएका छन् । ‘अपरेशन अजय अगाडि बढ्दैछ । थप २८६ यात्रु भारत फर्किँदै छन्, जसमा १८ जना नेपाली नागरिक पनि रहेका छन्’, उनले लेखेका छन् ।
इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले फर्किन चाहने १८ नेपालीलाई भारतको उद्धार विमानमा पठाएको बताइन् ।
‘हामीले १२ अक्टोबरमा नेपाल एयरलाइन्समा २५४ जना नेपाली नागरिकलाई पठाएका थियौं । बाँकी रहेका नेपालीलाई लैजानका लागि थप उडानको व्यवस्था गर्ने भनेका छौं, उनले भनिन्, ‘तुलनात्मक हिसाबले असुरक्षित स्थानमा रहेकालाई तत्काल पठाउनुपरेकाले उनीहरूलाई पठाइएको हो ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments