रोकिराखेको गाडीमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
- आश्विन ३०, २०८० मा प्रकाशित
कासिन न्यूज,
काभ्रे ।
काभ्रेमा रोकिराखेको गाडीमा स्कुटर ठोक्किँदा चालकको मृत्यु भएको छ। मंगलबार साँझ पनौती नगरपालिका – १० दाहालटारमा रोकिराखेको बा ७ च ६२७७ नम्बरको बोलेरोमा बा ६५ प ७१३९ नम्बरको स्कुटर ठोक्किएको हो। दुर्घटनामा स्कुटर चालक पनौती नगरपालिका–७ बसपार्क बस्ने १६ वर्षीय इरोज ताम्राकारको मृत्यु छ।
दुर्घटनापछि उनी र स्कुटर पछाडि सवार १७ वर्षीय सुबोध श्रेष्ठ घाइते भएका थिए। उनीहरूको उपचारको लागि धुलिखेल अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा इरोज ताम्राकारको मृत्यु भएको हो।प्रहरीले दुबै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments