एकदिवसीय विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध नेदरल्याण्ड्सको ऐतिहासिक जित
- कार्तिक १, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
एकदिवसीय विश्वकपमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकाविरुद्ध ऐतिहासिक जित हात पारको छ । मंगलबार धर्मशालामा भएको खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई ३८ रनले पराजित गरेको हो ।
वर्षाका कारण ४३ ओभरमा छोट्याइएको खेलमा २ सय ४६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४२.५ ओभरमा सबै विकेट गुमाएर २०७ रन मात्र बनाउन सक्यो ।
दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक ४३ रन बनाए । त्यस्तै केशव महाराजले ४०, हेनरिच क्लासेनले २८, जेराल्ड कोट्जीले २२ तथा क्वीनटन डी ककले २० रन बनाए ।
नेदरल्याण्ड्सका लागि लोगन भान विकले ३ तथा पाउल भान मिकरेन, रोलफ भान डर मर्वे र बास डी लिडले २–२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ८ विकेटको क्षतिमा २ सय ४५ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवार्डस्ले सर्वाधिक ७८ रन बनाए । त्यस्तै रोलफ भान डर मर्वेले २९, अजय दत्तले २३ तथा तेजा निदामानुरुले २० रन बनाए ।
दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडी, मार्को जानसेन र कागिसो रबाडाले २–२ विकेट लिए भने जेराल्ड कोटजी र केशव महारजले १–१ विकेट लिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments