कोशी प्रदेश सरकार : मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदैँ
- कार्तिक १, २०८० मा प्रकाशित
कासिन न्यूज,
विराटनगर ।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
मुख्यमन्त्रीको सचिवलायका अनुसार बैठकमा प्रदेश सभाको बैठक बुधबार बैठक विराटनगरस्थित कोशी प्रदेशको सभाहलमा बिहान ११ बजे बस्नेछ । गत असोज २० गते स्थगित भएको प्रदेश सभाको बैठक आज बिहान ११ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा सचिवलायले जनाइएको छ ।
सत्ता गठबन्धनमा माओवादी प्रदेश संसदीय दलका नेता इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउने सहमति भएपनि नेपाली कांग्रेसका कोशी प्रदेश सांसद कार्कीले गठबन्धनको निर्णय विपरीत बिद्रोह गरेर नेकपा (एमाले)का ३९ जना र कांग्रेसका ८ जना गरी ४७ जना प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेपछि उनी गत शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । सोही अनुसार मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् । उनलाई एमालेको समर्थन रहेको छ ।
उनलाई केन्द्रीय सत्ता गठबन्धनले पनि विश्वासको मत दिने तयारी गरेको बताइएको छ । ९३ सदस्यीय कोशी प्रदेशमा बहुमतका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । कोशीमा एमालेका ४० (उपसभामुखसहित), नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का एक सदस्य छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments