राजनीति / कोशी प्रदेश : फरक गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई एमाले सहित कांग्रेस र माओवादीले पनि मत दिने
- कार्तिक १, २०८० मा प्रकाशित
कासिन न्यूज,
विराटनगर ।
नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ । बुधवार बिहान विराटनगरमा बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले जानकारी दिए ।
‘दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ’, भण्डारीले भने, ‘प्रदेशसभा बैठकमा कोशी प्रदेश हाम्रो पार्टीका दलका नेतासमेत रहेका पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले पार्टीको धारणा राख्नुहुन्छ ।’ ११ बजे सुरु हुने भनेको प्रदेशसभा बैठक दलहरूका आन्तरिक बैठक र छलफलका कारण ढिलामात्र सुरु हुने बताइएको छ ।
गत शनिवार एमाले सांसदको बहुमत जुटाएर कांग्रेसको शेखर कोइराला समूहका केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । आज बुधवार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । फरक गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई कांग्रेस माओवादीले पनि मत दिने बताएका छन् भने राप्रपाले नदिने जनाएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments