गठबन्धनको मर्मलाई आत्मसाथ गरेर त्यो प्रस्ताव स्वीकार गरेनौं, त्यसकारण हामी मुख्यमन्त्री भएनौं : एकीकृत समाजवादीका नेता राई

- कार्तिक १, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

विश्वासको मत लिने मुख्यमन्त्री केदार कार्कीको प्रस्तावमाथि प्रदेशसभामा बुधबार भएको छलफलमा भाग लिँदै एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री केदार कार्कीलाई भन्दा पहिला आफूहरुलाई एमालेबाट मुख्यमन्त्रीको प्रस्ताव आएको बताए । तर आफूहरुले गठबन्धनको भावनाअनुसार त्यसलाई स्वीकार नगरेको बताए । त्यसैले यसमा मुख्यमन्त्री कार्कीको कुनै बहादुरी देखीएको छैन् एकीकृत समाजवादीका राईले टिप्पणी गरेका छन् ।
यसरी मुख्यमन्त्री हुने हो भने शायद केदार कार्की माननीय ज्यूलाई भन्दा पहिला हामीलाई प्रस्ताव आएको थियो होला । दशौं पटक आएको थियो होला’, उनले अघि भने ‘सबभन्दा पहिला त हामीलाई आयो होला यो प्रस्ताव किनभने ४ जना भयो भने उहाँहरुको काम चलिहाल्थ्यो ।’
कांग्रेस संसदीय दलका नेता उद्धव थापा र माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोलाई समेत धेरै पटक यस्तो प्रस्ताव आएको उनले सुनाए ।
अहिले कांग्रेस सांसद कार्कीले एमालेसँग मिलेर मुख्यमन्त्री बनेर कुनै बहादरी नगरेको भन्दै एकीकृत समाजवादीका संसदीय दलका नेता राईले भने, ‘यो कुनै बहादरीको कुरा होइन । यो हामीले गठबन्धनको मर्म भावनालाई आत्मसाथ गरेर त्यो प्रस्ताव स्वीकार गरेनौं, त्यसकारण हामी मुख्यमन्त्री भएनौं ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर