मौसम जानकारी : यसपटकको दशैंमा मौसम सफा रहने
- कार्तिक ३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
यसपटकको दशैंमा मौसममा सुधार भई सफा रहने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यसपालिको दशैंमा मौसम सामान्यतया सफा रहने स्पष्ट पारेको हो । महाशाखाका मौसमविद् रोजन लामिछानेले दशैंमा मौसम सफा रहने जानकारी दिँदै भने– ‘दशैंमा मौसम सफा रहने देखिन्छ । देशका पहाडी भेगका एक/दुई स्थानमा बदली र हल्का वर्षा रहे पनि सामान्यतया दशैं अवधिमा मौसम राम्रो रहने देखिन्छ ।’
महाशाखाले शुक्रबारदेखि मौसमका बारेमा दशैंको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ । मौसमी अवस्थाबारे विज्ञहरूबीच छलफल भइरहेकाले छिट्टै दशैं बुलेटिन आउने मौसमविद् लामिछानेले बताए ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जसका कारण अहिले देशका पहाडी भू–भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङगसहित हल्का वर्षाको सम्भावना रहे पनि देशभरको मौसमयमा सुधार भएर जाने र दशैंमा कुनै प्रकारको वर्षा नहुने विभागले स्पष्ट पारेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments