साहुले उजाड बनाएको प्रेमको दसैं

- कार्तिक ३, २०८० मा प्रकाशित


काठमाडौं ।
सायद दसैँको उत्सवले गर्दा होला अचेल सिम्रन निकै हराउन थालेकी छिन् । तिन अगाडीको एउटा गफमा उनले मलाई दसैँको टिका थाप्न आउने निम्तो पनि दिइन । दुध दही पिलाउने देखी सानो झुपडीमा राख्ने समेत बताइन ।

साच्चै सिम्रनमा एउटा गुण लुकेको छ जस्तो लाग्छ । कोही मान्छे टाढा हुँदा पनि माया मोहले भकारी भरिदिन्छ भने कोही मान्छे नजिक हुँदा गर्ने व्यवहारले पनि मन चिढिंदो रहेछ ।यसो भन्दैमा कोही नजिक र कोही टाढा होइन । त्यो सबै आ आफनो सोचाई बुझाई मात्र हो । तर साच्चै भन्नुपर्दा सिम्रनमा एउटा महिला भनौ वा युवतीमा हुनुपर्र्ने गुण चाँही अवस्य छ नत्र सिम्रन सिम्रन हुन्न थिन होला ।

प्रसंग बदल्दै गर्दा शुक्रबार बिहान देखेको एउटा घटनाले मनमा साह्रै पिडा उत्पन्न भएर आयोे । कागेश्वरी मनोहरा नगरपालिकामा पर्ने शिवचोकको एउटा चिया पसलमा भेटिएका प्रेम तामाङको मन दुख्ने कथाले मनलाई निक्कै छिया छिया बनायो । पेसाले पेन्टर रहेका प्रेमले दसैंको मुखमा परिश्रमको ज्याला पाएका रहेनछन् ।

घरी घरी साहुलाई कल गर्दै भन्दै थिए ए हजुर मेरो पनि दसैं हो मेरो हिसाब गर्दिनुहोस् । फेरी एक छिनमा उनको मोवाइलको घण्टी बज्यो उठाउँदा श्रीमतिको कल रहेछ । उनी भन्दै थिए हेर्न साहुले पैसो दिएको छैन अब कसरी आउने होला घर कसरी मान्ने चाड भन्दै उनी दिक्दारी पोख्दै थिए ।
साच्चै भन्नुपर्दा अहिले राजधानीमा प्रेम जस्ता धेरैले साहुको खटन खानु परेको छ । ज्याला मजदुरी गरेर जीवनको हिस्सालाई पार लगाउने कोसीस गरिरहेका प्रेम जस्ता धेरै मजदुरहरुलाई साहुहरुले आफनो भरथेग गर्ने थलो मात्र बनाई राखेका छन् ।

यही थलोमा रमेका प्रेम मारा साहुहरुको कारण अहिले देशको अर्थतन्त्र अनियन्त्रीत हुन् थालेको छ । तर सम्वन्धित निकाय भने आफनो दुने सोझाउने तर्फ मात्र उन्मुख हुन थालेका छन् । त्यसैले होला प्रेम जस्ता भावुकताको जीवनमा रमाउनेहरुलाई कहिले रमाइलो कुराले बास बस्न नसकेको छ ।
अब भन्नु पर्दा यसको दोष कसलाई दिने ? यो प्रश्न एउटा मार्मिक बिषय नै हो । देशको परिवर्तनमा प्रेम जस्तालाई प्रयोग गरेर परिवर्तनको स्वाद चाख्नेहरु अहिले कहाँ छन् ? प्रेमले जसरी उनीहरुको दुखमा साथ दिएको थियो ।

अहिले प्रेमको दुखलाई कसैले साथ दिन सक्छ । यदी साच्चै साथ दिने मानव भएको भए प्रेमले कहिले पनि दसैंलाई आफनो चाड भन्नु पर्दैन थियो । प्रेमको लागि सधैं दसैं हुन्थ्यो होला । प्रेमको साहुले उसलाई दुख दिंदैन थियो होला ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर