विश्व सेरोफेरो : उत्तरपश्चिम पाकिस्तानमा सैन्य कारबाहीमा चार आतङ्ककारी मारिए
- कार्तिक ४, २०८० मा प्रकाशित
कासिन न्यूज,
इस्लामाबाद ।
पाकिस्तानी सेनाले शुक्रबार उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले चार आतङ्ककारीलाई मारेको र अर्का एक जना घाइते बनाएको बताएको छ। पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले विज्ञप्ति जारी गर्दै सुरक्षा बलले प्रान्तको लक्की मारवत जिल्लामा सो कारबाही गरेको थियो।
अपरेशनका क्रममा सेना र आतङ्ककारीहरू बीच गोली हानाहान भएको र ती आतङ्ककारी मारिएको बताइएको छ ।
मारिएका आतङ्ककारीहरू सुरक्षा बल विरुद्ध विभिन्न किसिमका आतङ्ककारी गतिविधिका साथै निर्दोष नागरिकको हत्यामा संलग्न रहेको सेनाको दाबी छ । कारबाहीका क्रममा आतङ्ककारीहरूबाट ठूलो मात्रामा हातहतियार, उपकरण र विस्फोटक पदार्थ समेत बरामद भएको छ ।
(रासस/ सिन्ह्वा)
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments