बाजागाजासहित भित्र्याइयो राजदेवी शक्तिपीठमा फूलपाती
- कार्तिक ४, २०८० मा प्रकाशित
कासिन न्यूज,
धनुषा ।
जनकपुरधामको राजदेवी शक्तिपीठमा बाजागाजासहित फूलपाती भित्र्याइएको छ । दसैँको सातौँ दिन शनिबार राजा जनककी कुलदेवीको रुपमा मानिने राजदेवी मन्दिरसहितका शक्तिपीठमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सलामीका साथ फूलपाती भित्र्याइएको हो ।
मन्दिरबाट बाजागाजासहित निस्केको भक्तजनको समूहले शक्तिपीठ नजिक रहेका बेलको रुखमुनि गएर हिन्दू परम्पराअनुसार पूजा पाठ गरेका थिए । नवरात्र प्रारम्भ भएदेखि नै यहाँका प्रमुख शक्तिपीठ बौद्धिमाइ, अमरखाना माइ, भगवती मन्दिर, सोनासतिलगायत अन्य शक्तिपीठमा भक्तजनको भीड लागेको छ ।
राजदेवी मन्दिर परिसरमा विशेष मेला पनि लागेको छ । दसैँ मेला यहाँ गाउँ गाउँबाट मानिस आएका छन् । मेलामा अवाञ्छित गतिविधि हुननदिन पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments