मौसम जानकारी : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

- कार्तिक ५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

जल तथा मौसम विज्ञान विभाग देशका केही भूभागमा आइतबार वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको विभागको भनाइ छ । अहिले देशका केही पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ ।

विभागका अनुसार आज दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा मौसम सफा रहने विभागको अनुमान छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।

विभागले राति देशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने जनाएको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर