•  ११ पुष २०८१, बिहीबार

धादिङमा भूकम्पका कारण २० घर भत्किए

- कार्तिक ५, २०८० मा प्रकाशित


कासिन न्यूज,
धादिङ ।

आईतबार बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका(५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताए । पटक(पटक चार रेक्टर स्केलभन्दामाथिका भूकम्पका परकम्पहरू गएका कारण मानिसहरू घर बाहिर बसेको स्थानीय राजेश अधिकारीले बताए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरूको विस्तृत विवरण संकलन जारी रहेको बताए। धादिङको साविक खरी गाविस केन्द्रबिन्दु भई बिहान छ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर