बडादशैँको आठौं दिन : नवदुर्गा मध्येको आठौँ रुप महागौरी
- कार्तिक ५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः ।
महागौरी शुभं दद्यान्महादेवप्रमोददा ।।
बडादशैँ अन्तर्गत आइतबार नवरात्रको आठौँ दिन । यस दिन नवदुर्गामध्ये आठौँ देवी महागौरीको पूजाआराधना गरिँदै छ । माता दुर्गाको आठौँ स्वरुपलाई महागौरी भनिन्छ । यस रुपमा उनको पुरै शरीरको रङ्ग सेतो र उनले धारण गरेको सम्पूर्ण वस्त्र आभूषणहरु पनि सबै सेतै छन् । उनका चारवटा हातहरू छन् र बाहन साँढे हो । उनले दाहिने तर्फको दुबै हातमा वरमुद्रा र त्रिशूल लिएकी छिन् भने वायाँतर्फका हातमा डमरु तथा अभयमुद्राले सुसज्जित भएकी छिन् ।
नवरात्रको आठौँ दिनमा उनको पूजा गर्ने चलन छ । उनको पुजन अमोध तथा सधैँ फलदायी सिद्ध भएको छ । माता गौरीको पुजनबाट भक्तजनलाई चारैतिरबाट कल्याण हुनुकासाथै पहिलेको सबै पापकर्मको पनि नास हुँदै जान्छ । उनको कृपाबाट अद्भूत र अलौकिक सिद्धि प्राप्त हुन्छ । जुन मानिसले सधैँ माता गौरीको भक्ति गर्दछन् उनीहरुको सबै मनोकामना पूर्ण हुने धार्मिक विश्वास छ । शास्त्र, पुराणहरूमा उनको महिमाको धेरै वर्णन भएको पाइन्छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments