हाम्रो छिमेकी : भारतको महाराष्ट्रमा प्रशिक्षण विमान दुर्घटना
- कार्तिक ५, २०८० मा प्रकाशित
कासिन न्यूज,
नयाँ दिल्ली ।
पश्चिमी भारतको महाराष्ट्र राज्यमा आइतबार प्रशिक्षण विमान दुर्घटना हुँदा एक जना प्रशिक्षार्थी चालक र एक प्रशिक्षक चालक घाइते भएका छन्। महाराष्ट्रको राजधानी मुम्बईबाट २४५ किलोमिटर दक्षिणपूर्वमा रहेको पुणे जिल्लाको गोजुबावी गाउँ नजिकैको निजी उड्डयन एकेडेमीको प्रशिक्षण विमान दुर्घटना भएको हो ।
‘रेडबर्ड फ्लाइट ट्रेनिङ एकेडेमीसँग सम्बन्धित प्रशिक्षण विमान आइतबार गोजुबावी गाउँ नजिकै दुर्घटनाग्रस्त भयो। दुर्घटनामा, एकजना प्रशिक्षार्थी चालक र अर्का प्रशिक्षक घाइते भए,’ प्रहरी अधिकारीले बताएका छन् ।
उनीहरू दुवैलाई नजिकैको अस्पतालमा लगिएको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। बिहीबार पनि सोही तालिम एकेडेमीको अर्को प्रशिक्षण विमान पुणेको कटफल गाउँ नजिकै यस्तै प्रशिक्षणका क्रममा दुर्घटना भएको थियो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments