आलेख / दसै विशेष : दसैं र आफन्त

- कार्तिक ७, २०८० मा प्रकाशित


सुधीर नेपाल

सिन्धुपाल्चोक जिल्ला एक गाउँ बाट काठमाडौं आएको पनि अहिले धेरै भई सक्यो शर्मीला दिदीको । तर उनको मनमा कहिले शान्ति छाएन । जीवनको ३२ बसन्त पार गरी सकेकी शर्मीला दिदी सँग मंगलबार बिहानको भेटमा उनको मनमा भरिएको चोटले यो गाथाकारलाई दुखीत महसुस गरायो ।
तर यो गाथाकारले गर्न सक्ने केही थिएन । खाली सान्त्वना दिनु बाहेक । अहिलेको माहोल दसैंको छ । त्यसमा पनि आजको दिन भनेको दसैं पर्वको महत्वपूर्ण दिन अर्थात विजयादशमी । आजको दिनको महत्व आफनै प्रकारको हुन्छ । पारिवारीक भेटघाट देखी टिकाटालो र आर्शिवादले भरिने दिन हो आज । शर्मीला दिदी भने छोराको चिन्ताले गर्दा दसैं मान्ने कि नमान्ने भन्ने सोचमा थिइन् ।


तर आफनो सोचले मात्र नहुने रहेछ पनि भन्दै थिइन शर्मीला दिदी । छोराको एक कल पनि नआएकोमा उनको चिन्ता थियो । यातायत पेशामा आवद्ध रहेका छोराले एक दिन अगाडी मात्र आफू भएको र अब आउँदै छु भनेर उनलाई खबर गरेको पनि उनले बताइन । अहिले त छोरा जनकपुरमा भएको सुन्दा उनले तरक्क आँसु नै झारीन ।
यो माथिका भनाइ राख्नुको एक मात्र कारण के हो दसैं परिवार । दसैंलाई नेपालीहरुले एउटा विशेष पर्वको रुपमा आफनो हैसियत अनुसार मनाउने गरेका छन् । तर आफन्तमा हुने परायापनले अहिले चाडपर्वको महत्वलाई निकै तल झार्न थालेको छ । आफन्तको मेलमिलाप , कुराकानी र सरसल्लाहको उचित अवसर दिने चाडको रुपमा लिइने गरिएको दसैंलाई अहिले आफन्त बिचको बेमेलले निकै पछाडी धकेल्न थालेको अनुभव गर्न थालीएको छ । शर्मीला दिदी मात्र होइन अहिले परिवारमा आफन्तको खड्को हुन् । सामाजिक परिवेश र प्रवृधिको व्यापकताले पनि यस्तो भएको भनिए पनि यसका विभिन्न कारण मध्ये आर्थिक पक्ष नै हो ।
आर्थिक पक्षमा देखीएको कमजोरीका कारण अहिले पारिवारीक परिवेशले ठूलो जोखीम मोलीरहेको छ । यही जोखीमका कारण परिवार र आफन्त बिच तनावको स्थिती सिर्जना हुन् थालेका उदाहरणहरु बाहिरी रहेका छन् । जसले यस्ता चाडपर्वमा समेत ठूलै असर गरिरहेको छ ।
बिहान उठेर घामको झुल्कोमा दुर्गा विसर्जन गरेर कलशको जलले अभिषेक गरेर आफन्तकोमा टीका लगाउन जाने चलन छ । दसैंमा कतिबेला टीका लगाउने भनेर कुनै अलमल हुनु पर्दैन । तर परिवारमा अलमलताले निकै दुख दिएको छ । । दशैं आफैंमा शुभ दिन हो । अन्य कामका लागि साइत हेर्न आवश्यक भए पनि दशैंका दिन टीकाका लागि थप केही गरिरहन पर्दैन । तर अहिले परिवारीक भनौ आफन्त भेट्न साइत जुराउनु पर्ने अवस्था आएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर