•  ११ पुष २०८१, बिहीबार

दशैँमा टीका लगाएसँगै उपत्यकाका सडकमा चहलपहल बढ्यो

- कार्तिक ७, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपालीहरुको महान चाड विजया दशमीको दिन टिका लगाएसँगै काठमाण्डौका सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ ।

मंगलबार दशैँको मुख्य दिन घरमा मान्यजनको हातबाट टीका एवम् नवदुर्गाको प्रसाद ग्रहण गरी आफन्तकोमा टीका लगाएसँगै सडकमा चलपहल फेरी बडेको हो । काठमाण्डौ उपत्यकाका तीन जिल्ला (काठमाण्डौ, ललितपुर र भक्तपुर) मा साइतको टीका घरमा लगाइसकेपछि आफन्तहरुको हातबाट टिका लगाई सकेपछि नजिकका जिल्लबाट उपत्यका फर्कने क्रम बढेसँगै सडकमा सर्वसाधारणहरु गाडी कुरेर बसिरहेको देख्न सकिन्छ ।

दुर्गापक्षको मुख्य दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दशैँ घर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ । दशमीदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतिकको रुप मानेर लगाउने गरिन्छ ।

त्रेता युगमा दशमीकै दिन भगवान रामले असत्यको प्रतिक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । आज असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकका रूपमा मनाइने विजयादशमी ९बडा दशैँ० को सबैभन्दा महत्वपूर्ण दिन हो । यसैले आजको दिनलाई विजयको प्रतिकका रुपमा पनि लिइन्छ ।

दशमीको दिन गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, पिता, माता, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट यश, ऐश्वर्य वृद्धि एवम् दीर्घायु प्राप्त होस् भनेर आशिर्वाद लिइन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर