खेल / क्रिकेट : त्रिकोणात्मक टी–२० > रन रेटका आधारमा हङकङलाई उछिन्दै यूएईले नेपालसँग फाइनल खेल्ने पक्का
- कार्तिक ८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
त्रिकोणात्मक टी–२० श्रृंखलामा हङकङले यूएईलाई ६९ रनले हराएको छ । तर, रन रेटका आधारमा हङकङलाई उछिन्दै यूएईले नेपालसँग फाइनल खेल पक्का गरेको छ । बुधबार मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले मार्टिन कोट्जीको ८६ रनको मद्दतमा निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २१२ रन बनाएको थियो ।
हङकङले पहिलो विकेट छिट्टै गुमाएको थियो ।
ओपनर निजाकत खान मात्र ९ रनमा आउट भए, जतिबेला टिमको स्कोर ३३ थियो । तर, कोट्जीले दोस्रो विकेटका लागि अंशुमान रथसँग १०६ रनको साझेदारी गरे । रथ व्यक्तिगत ४१ रनमा आउट भए ।
कोट्जीले बाबर हायातसँग ४१ रनको अर्को महत्वपूर्ण साझेददारी गरे । अन्तिम १० बल खेल्न बाँकी छँदा ८६ रनमा आउट भए । ५५ बलको सामना गरेका उनले १० चौका र ४ छक्का हानेका थिए ।
हायत ६० रनमा अविजित रहे । २० बलको सामना गरेका उनले ५ चौका र ५ छक्का हानेका थिए । यसस्ँगै उनी टी–२० आईमा सर्वाधिक रन बनाउने हङकङका ब्याटर बने । उनले १२१८ रन बनाएका छन् । यसअघि निजाकत खानले १२०६ रन बनाएका गिए ।
जवाफमा यूएईले २० ओभरमा पाँच विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । उसको सुरुवात निकै खराब थियो । ८१ रन जोड्दा ५ विकेट गुमाइसकेको बाजिल हमेद र निलांश केसवानीले छैटौं विकेटका लागि अविजित ६२ रनको साझेदारी गरे । निलांश ३१ र बाजिल ३० रनमा अविजित रहे । खालिद शाहले ३५ र अलिशान आशरफूले ३० रन जोडे । श्रृंखलामा पहिलो जितसँगै हङकङले पनि २ रन जोडेको थियो । तर रन रेटका आधारमा समान २ अंक जोडेको यूएई फाइनलमा पुगेको छ । बुधबार यूएईलाई १३४ भन्दा कम रनमा रोक्न सकेको भए हङकङ रनरेटमा बाजी मार्दै फाइनल पुग्ने थियो । तर, पछिल्लो तीन ओभरमा हानेको चार बाउन्ड्री मद्दतमा यूएईले १३४ रन कटायो । अब यूएईले समूह चरणको चार वटै खेल जितेर फाइनलमा पुगेको नेपालसँग पर्सि खेल्नेछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments