गृहणी देखी व्यापारी वर्गलाई केही सताएर गएको यो वर्षको दसैंलाई बाइबाइ : अर्को सालको दसैं राम्रो हुने अभिलाषा

- कार्तिक ११, २०८० मा प्रकाशित


काठमाडौं ।
सायद काठमाडौं बाहिर भएर होला सिम्रन सँग त्यति बातचित हुन् नपाएको । फेरी के भयो कुन्नी सिम्रन एक्कासी प्रवृधिको दुनियाँ प्रवेश गरिन । खासै दसैंलाई त्यति महत्व नदिने बताउने सिम्रनले आफनो व्यक्तिगत कामको सिलसिलमा काठमाडौं छोडेकी रहेछन् । उनको व्यक्तिगत कामले फल प्राप्त नगरे पछि उनी केही तनावमा छिन् ।
तनाव त मानव शरिर भित्र सबैभन्दा ठूलो रोग नैै हो । तनावले मानवको भाग्यनिर्धारण गरिरहेको हुन्छ । कसैलाई तनावले एकै पटक सिद्धाउँछ भने कसैलाई भने यसले विस्तारै आफनो लयमा ल्याउने मौका दिन्छ । तर तनाव त तनाव नै हो । यसको मूल्य छैन भने मान्यता पनि छैन् ।
दसैंको अन्तिम दिनको बिदाई गर्न बसेकाहरुलाई अब दसैं पछिको वातावरणलाई कसरी सम्हाल्ने भन्ने तनावले सताई रहेको छ । भने कसैलाई सोचेको कार्य नभएको तनावले सताई रहेको छ ।


यसपालीको दसैं हर्ष न बिष्मात भयो कतिपयलाई यसको मूल कारण भनेको देशमा चर्किएको चरम आर्थिक मन्दी र युवा जनशक्तिको पलायनले हो भन्छन् विज्ञहरु । हुन् पनि अहिले गाउँघर मात्र शहरबजारमा पनि दसैंको त्यति महत्व देखीन थालेको छोडेको छ । खल्ति भरिपूर्ण भयो भने दसैं जस्ता पर्वहरुले महत्व आफनो आफनो राख्न सक्थे होला । तर देशको आर्थिक अवस्थाले गर्दा अहिले हरेक मानिसहरुले मुक्तिको सास फेर्न पाएका छैनन ।

यसको दोष कसलाई दिने भन्दा धेरैको बिचार अहिलेका अर्थ मन्त्री प्रति लक्षित थियो । केही मासिनहरु भन्दै खाली अहिले देशको अर्थतन्त्रलाई सम्हाल्ने काम नेपाल राष्ट्र बैकका गर्भनरले मात्र गरेका छन् ।
दसैंको अघिल्लो दिनसम्म व्यवसायीहरुलाई बैङ्कबाट फोन आइरह्यो भने त्यहीँ काम गर्ने कर्मचारी पनि निराशा बोकेर दसैंमा सहभागी भए । खर्चिलो दसैँ बन्ने गरेको विगतको तुलनामा यस वर्ष आर्थिक अभावका कारण गर्जो टर्ने गरी मात्र दसैँ मनाउनु परेको व्यवसायीहरु बताउँछन् ।
निजी क्षेत्रका मालिकमात्र होइन त्यहाँ कार्यरत मजदुर कर्मचारीहरुले पनि राम्रो गरी तलब भत्ता पाउन सकेनन् । त्यसो त लुकी छिपी जुवातास खेल्नेहरुको खालमा प्रहरीले पैसासमेत भेट्न सकेन । हरेक क्षेत्र अहिले टाट पल्टिएको अवस्थामा छ । तर सम्वन्धित निकाय भनौ सरकार अवस्था भने मुकदशक भएर बस्ने अवस्थामा मात्र छ ।


क्रय शक्ति नहुँदा समग्र पर्व प्रभावित बन्यो ।” दसैँमा बजार चलायमान हुने अनुमान गरिएको भए पनि त्यसो हुन नसकेको व्यापारीको भनाइ छ । यससँगै मानिसहरुमा घुमफिर गर्ने क्रम समेतमा कमी आएको थियो यो पालीको दसैं ।
आर्थिक मन्दी र युवा जनशक्ति पलायन भएका कारण दसैँ उत्साहजनक बन्न नसकेको बताउछन् व्यापारीहरु । यसपालीको दसैंमा कुनै उत्साह देखिएन, यसको कारण आर्थिक मन्दी र युवा जनशक्तिको पलायन हो । मासुको अधिक प्रयोग हुने दसैंमा खसी, बोका, च्याङ्ग्रा, कुखुरा बिक्न नसकेको कारण पनि दसैं खिन्न भएको व्यापारीहरुको भनाई छ ।
अब सोचौं देशको आर्थिक अवस्थाको हाल के रहेछ । सिम्रन जस्ता गृहणी देखी व्यापारी वर्गलाई केही सताएर गएको यो वर्षको दसैंलाई बाइबाइ भन्नु बाहेक केही छैन अर्को सालको दसैं राम्रो हुने अभिलाषाका साथ यो साताको कासिन गाथालाई बिट मार्छु ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर