डयुटी गरिरहेकै बेला सिनियर हवल्दार कार्कीको निधन
- कार्तिक ११, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत वरिष्ठ हवल्दार नारायणबहादुर कार्कीको निधन भएको छ। शुक्रबार राति डयुटी गरिरहेकै बेला एक्कासि उनी ढलेका थिए। राति नै उनलाई महाराजगन्जस्थित नेपाल प्रहरी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए।
शनिबार कार्कीको अन्त्येष्टि गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। “जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यक्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आउनुभएका उहाँ एक इमानदार, कर्तव्यनिष्ठ एंव कुशल प्रहरी कर्मचारी हुनुहुन्थ्यो। उनको असामयिक निधनबाट नेपाल प्रहरी संगठनलाई र जिल्ला प्रहरी परिसर, काठमाडौं परिवारलाई अपूरणीय क्षति पुगेको छ,” परिसरको शोक विज्ञप्तिमा उल्लेख छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments