•  ११ पुष २०८१, बिहीबार

रक्सी खाएर महिलामाथि दुर्व्यवहार गर्ने प्रहरी प्रमुख भट्टराई निलम्बित

- कार्तिक ११, २०८० मा प्रकाशित


कासिन न्यूज,
हुम्ला ।

रक्सी खाएर महिलामाथि दुर्व्यवहार गरेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख एवं डीएसपी भीमलाल भट्टराई निलम्बित भएका छन् । डीएसपी भट्टराईले रक्सी खाएर महिलामाथि अभद्र व्यवहार गरेको उजुरी परेपछि गृह मन्त्रालयले निलम्बन गरेको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले बताए ।

प्रहरी मुख्यालय काठमाडौंले उनलाई जिल्ला प्रमुखको जिम्मेवारीबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालय पठाएको छ ।डीएसपी भट्टराईलाई यसअघि २०७७ वैशाखमा इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत हुँदा कार्यालयमै मदिरा सेवन गरेको र आदेश पालना नगरेको अभियोगमा जिम्मेवारी खोसिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर