खेल / क्रिकेट : भारतका प्रमुख ब्याटर विराट इंग्ल्यान्डविरुद्ध खेलमा डक आउट
- कार्तिक १२, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
भारतका प्रमुख ब्याटर विराट कोहली आइसिसी विश्वकप २०२३ मा इंग्ल्यान्डविरुद्ध डक आउट भएका छन् । लखनऊमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले ८ ओभरमा २ विकेट गुमाउँदै ३१ रन बनाएको छ । कप्तान रोहित शर्मा २४ बलमा १ चौका र २ छक्कासहित २० र श्रेयस ऐर २ रनमा क्रिजमा छन् ।
तीव्र गतिका बलर डेविड विल्लीको सातौं ओभरको पाँचौं बलमा कोहली ठूलो सर्टको धुनमा मिडअनमा बेन स्टोक्सबाट क्याच आउट भएका हुन् । ९ बल खेलेका उनले खाता खोल्न सकेनन् । चौथो ओभरको अन्तिम बलमा क्रिस वोक्सले ओपनर शुभमन गिललाई ९ रनमा बोल्ड आउट गरेका थिए ।
इंग्ल्यान्ड ५ खेलमा १ मा जित र ४ मा हारसहित २ अंकका साथ पुछारमा छ । इंग्ल्यान्डको सेमिफाइनल सम्भावना अव अंक गणीतिय मात्रै बाँकी छ । इंग्ल्यान्डले अव भारत, अष्ट्रेलिया, नेदरल्यान्ड्स र पाकिस्तानसँग खेल्न बाँकी छ ।
यी सबै खेल जितेर मात्रै हुँदैन । भाग्यले साथ दिँदै अन्य टोलीको नतिजा पनि आफू अनुकुल आउनुपर्छ । अष्ट्रेलिया र न्युजिल्यान्डले कम्तिमा दुई खेल हार्नुपर्ने हुन्छ । भारत ५ खेलमा अपराजित रहँदै १० अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा छ । भारतले अव इंग्ल्यान्ड, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ । भारतले बाँकी चार मध्य दुई जित सेमिफाइनलमा पुग्न पर्याप्त हुनेछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments