शिक्षक आन्दोलनको उपलब्धी : राष्ट्रिय मर्यादामा शिक्षकलाई समेटेर मर्यादा सम्बन्धी कानुन बनाइदैं
- कार्तिक १३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पारित ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’ मा शिक्षकको मर्यादा सम्बन्धी व्यवस्था प्रस्तावित गरिएको छ । जसमा राष्ट्रिय मर्यादामा शिक्षकलाई समेटेर मर्यादा सम्बन्धी कानुन बनाइने भएको छ ।
विश्वविद्यालयका प्राध्यापकको मर्यादा क्रम १७ औं स्थानमा राखिएको छ । विश्वविद्यालयका सहप्राध्यापक र माध्यमिक तहको प्रथम श्रेणीका शिक्षकको मर्यादा १९ औं स्थानमा छ ।
माध्यमिक तह द्धितीय श्रेणीका शिक्षकलाई २० औं स्थानमा र माध्यमिक तह तृतीय श्रेणीका शिक्षकलाई २१ औं स्थानमा राखिएको छ । विश्वविद्यालयका उपप्राध्यापकको मर्यादाक्रम पनि २० औं स्थान रहने र विश्वविद्यालयका सहायक प्राध्यापकको मर्यादा क्रम २१ औं स्थानमा राख्ने गरी विधेयक अघि बढेको छ ।
प्रस्तावित विधेयकको प्रतिवेदन मंगलबार बस्ने राष्ट्रिय सभाको बैठकमा पेश गर्ने विधायन व्यवस्थापन समितिको तयारी छ । विधायन व्यवस्थापन समितिबाट पारित विधेयकलाई राष्ट्रिय सभाले पारित गरी प्रतिनिधि सभामा पठाउनुपर्छ । प्रतिनिधि सभाले पनि स्वीकार गरी अगाडि बढाएको खण्डमा राष्ट्रिय मर्यादामा शिक्षकलाई समेत समेटिएर कानुन बन्नेछ ।
विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राई शिक्षकहरुको सम्मानका लागि मर्यादा निर्धारण गर्ने गरी कानुन बनाउने निर्णय हुनु ऐतिहासिक काम भएको बताउँछिन् ।
शिक्षकहरूले राज्यले मर्यादाक्रम कायम गरिदिनुपर्ने माग राख्दै आए पनि लागू हुन सकेको छैन । तर, यसअघि नै सरकारले शिक्षकहरुको मर्यादा निर्धारण गर्ने सहमति शिक्षकहरुसँग गरिसकेको छ ।
शिक्षा विधेयकलाई लिएर शिक्षकहरुले आन्दोलन गरेपछि सरकारले उनीहरुसँग सहमति गरेको थियो । सहमतिपत्रको पहिलो बुँदामै शिक्षकको मर्यादाक्रम कायम गर्ने उल्लेख थियो । सरकार र शिक्षकहरुबीच भएको सहमतिलाइ समेत ख्याल गर्दै विधायन समितिले राष्ट्रिय मर्यादामा शिक्षकलाई समेटेर मर्यादा सम्बन्धी विधेयक पास गरेको हो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments