खेल / क्रिकेट -टी–२० विश्वकप एसिया छनोट : नेपाल मलेसिया सँग भिड्दै
- कार्तिक १४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
आईसीसी टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत मंगलबार नेपालले मलेसियासँग खेल्नेछ । खेल दिउँसो सवा १ बजे काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछ । जारी प्रतियोगितामा नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छ । नेपालले पहिलो खेलमा सोमबार सिंगापुरमाथि आठ विकेटको सहज जित निकालेको थियो ।
यस्तै, मलेसिया पनि नेपाललाई हराउँदै पहिलो जित निकाल्ने योजनामा छ । सोमबार भएको पहिलो खेलमा मलेसिया ओमानसँग ३२ रनले पराजित भएको थियो । नेपाल र मलेसियाले अहिलेसम्म ९ पटक टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा नेपालले आठ खेल जितेको छ भने मलेसिया एक पटक विजयी भएको छ ।
कात्तिक १९ गतेसम्म चल्ने प्रतियोगितामा ८ देश सहभागी छन् । जसअन्तर्गत समूह ‘ए’ मा नेपालसहित सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । नेपालले तेस्रो खेल कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।
यस छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनल पुग्ने दुई टोली सोझै विश्वकपलाई छानिन्छन् । फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकप खेल्न पाउने छन् ।
यसैबीच, समूह ‘ए’ अन्तर्गत ओमान र सिंगापुरबीचको खेल बिहान ९ बजे टीयू मैदानमा हुँदैछ भने समूह ‘बी’ अन्तर्गत हङकङ र बहराइन तथा संयुक्त अरब इमिरेट्स (यूएई) र कुवेतबी मूलपानी मैदानमा प्रतिस्पर्धा हुनेछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments