बारा गोली काण्ड : प्रेम सम्बन्धका कारण प्राधानाध्यापक गुड्डुको ज्यान लिइएको प्रहरीको प्रारम्भिक अनुमान > दस जना नियन्त्रणमा

- कार्तिक १४, २०८० मा प्रकाशित


कासिन न्यूज,
बारा ।

गोली प्रहारबाट सोमबार मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्राधानाध्यापक रुपेश सरार्फ (गुड्डु) लाई गोली हान्ने समूहका एक युवतीसहित तीन नेपाली र तीन भारतीयलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । दिउँसो करिब १ बजे अज्ञात समूहले तीन वटा गोली प्रहार हत्या गरेकाले उक्त घटनामा अन्य थप दुईजनाको पनि संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ ।
अहिले दस जनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा सुक्षमरुपमा अनुन्धान भइरहेको प्रहरीले जनाएको छ । भने कलैयामा सोमबार भएको घटनालाई लिएर जिल्लाबासीमा त्रासको वतावरण छाएको छ
प्रेम सम्बन्धका कारण सर्राफको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यसअघि गत साउन २८ गते कलैयाको एक होटलमा सर्राफको हत्याको प्रयास गरिए पनि त्यति बेला उनी बाँच्न सफल भएको पक्राउ परेकाहरुले प्रहरी समक्ष बयान दिएको अनुन्धानमा खटिएका एक प्रहरीले जानकारी दिए ।
कलैयास्थित मदर्शा टोलमा दुईवटा नेपाली मोटरसाईकलमा आएका चारजना अज्ञात व्यक्तिले तीन राउण्ड गोली सर्राफलाई हानेको जिल्ला प्रहरी कार्यालयले जानकारी दियो । हत्या गरिएको ठाउँ जिल्ला प्रहरी कार्यालयभन्दा पाँच मिनेटको दूरीमा पर्दछ ।
गोली लागेर सख्त घाइते सर्राफलाई कलैया प्रादेशिक अस्पताल उपचार हुन नसकेपछि थप उपचारका लागि विरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको र उपचारका क्रममा उनको भएको थियो । मृतक सर्राफको श्रीमतीसहित दुई छोरा छन् । उनलाई श्रद्धाञ्जली अर्पण गर्न ठूलो सङ्ख्यामा शुभचिन्तकहरु कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित उनको निवासमा पुगेका थिए ।गोली प्रहारबाट सोमबार मृत्यु भएका सर्राफको मङ्गलवार हिन्दू परम्पराअनुसार दाह संस्कार गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर