अर्थ / कारोवार : बैंकिङ कसुर – पिओएस (पोइन्ट अफ सेल्स) मेशिन मार्फत एसबिआई बैंकको रकम हिनामिना गर्ने किसनराज प्रहरीको फन्दामा
- कार्तिक १५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
पिओएस ‘पोइन्ट अफ सेल्स’ मेशिन मार्फत बैंकको रकम अपचलन गरेको मुद्दामा अहिले नयाँ बजारका स्थानिय बासिन्दा किसनराज सिंह नेपाल प्रहरीको फन्दामा परेका छन् । ठमेलमा थान्का एवं मूर्ती लगायत विभिन्न कारोवार गर्ने किसनराजलाई बैंकिङ कसुरमा पक्राउ गरेको हो ।
नेपाल एसबिआई बैंकबाट अनधिकृत रुपमा पिओएस मेशिनमार्फत रकम अपचलन गरेको मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको हो । उच्च अदालत पाटनले तोकेको धरौटी तिर्न नसकेपछि किसन राजलाई थुनामा पठाइएको सिआईबीका प्रवक्ता (एसपी) नवराज अधिकारीले जानकारी दिए ।
किसनराज एसबिआई बैंकको ठमेल शाखाबाट बैंकिङ कारोबार गर्नका लागि पिओएस ‘पोइन्ट अफ सेल्स’ मेशिन लिएका थिए । बैंकले धेरै रकम कारोबार गर्नेहरुलाई त्यस्तो मेशिन उपलब्ध गराउँछ । तर, किसनराजले रकम अपचलन गर्नकै लागि मेशिन लिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्–‘मेशिन लिएको १८ दिनमा नै किसनराजले १ करोड ५८ लाख ८१ हजार ६३६ रुपैयाँ नगद अनधिकृत रुपमा निकालेको भेटिएको छ ।’ किसनराजले संचालन गरेको ड्रागन इन्भेष्टमेन्ट प्रालिको नाममा बैंकले पिओएस मेशिन जारी गरेको थियो । ड्रागन इन्भेष्टमेन्ट प्रालिमा एकजना विदेशी नागरिकले सामान खरिद गर्छन् ।
विदेशी नागरिकबाट लिएको मास्टर कार्ड र भिजा कार्ड मार्फत किशनराजले रकम निकाल्छन् । कार्डको विवरणमा कैफियत देखिएपछि भिजा र मास्टर कार्ड नेटवर्कले रिसल्भका लागि कागजात मागेर भेरिफाई गरेको थियो । तर, ग्राहकको पहिचान फर्जि देखिएपछि नोस्ट्रो एकाउन्टबाट मास्टर र भिजा कार्ड इस्यु गर्ने बैंकमा विदेशी नागरिकरको रकम फिर्ता गरिएको थियो ।
मास्टर कार्डमा ७० र भिजा कार्ड नेटवर्कमा कुल ९४ वटा कैफियत देखिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । फर्जी कारोबार गरेको पुष्टि भएपछि नेपाल एसबिआई बैंकको नोस्ट्रो एकाउन्ट बाट रकम सम्बन्धति बैंकमा फिर्ता गरिएको थियो । तर, एसबिआई बैंकको डिपोजिटबाट गएको सो रकम किसन राजले फिर्ता गर्न मानेनन् । त्यसपछि बैंकले उनीविरुद्ध सिआईबीमा जाहेरी दिएको थियो । बैंकको जाहेरीपछि सिंहलाई २०८० भदौ २७ मा पक्राउ गरिएको एसपी नवराज अधिकारीले जानकारी दिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments