डब्लूएचओ निर्वाचन : क्षेत्रीय निर्देशकमा नेपाल सरकारले मनोनीत गरे पनि भोट माग्न कूटनीतिक पहल नगरेका कारण आचार्य पराजीत
- कार्तिक १५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाल सरकारको उचित पहल र सरकार नेतृत्वकर्ता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असहयोका कारण नेपालले विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) को क्षेत्रिय कार्यालय प्रमुखको जिम्मेवारी लिन सकेन । निर्वाचनमा नेपालका शम्भु आचार्य बङ्गलादेश कि उम्मेदवारबाट ८–२ पराजीत भए ।
नयाँ दिल्लीमा भएको क्षेत्रीय सभा अन्तर्गत बुधबार सम्पन्न निर्वाचनमा नेपालका डा. आचार्यलाई पराजित गर्दै वाजिद निर्वाचित भएकी हुन् । निर्वाचनमा म्यानमार बाहेक १० देशका प्रतिनिधि सहभागी थिए । वाजिदले आठ मत पाइन्। उनका प्रतिस्पर्धी नेपालका डा. आचार्यले दुई मत पाए।
नेपालबाट विश्व स्वास्थ्य संगठनको उच्च भूमिकामा पुगेका आचार्यलाई क्षेत्रीय निर्देशक बनाउन सरकारले मनोनीत गरे पनि भोट माग्न कूटनीतिक पहल गरेको थिएन। त्यसैकारण साइमा वाजिदभन्दा अनुभवी भए पनि आचार्यले सदस्य राष्ट्रको मत पाउन सकेनन्।
क्षेत्रीय निर्देशकमा निर्वाचित वाजिदको कार्यक्षेत्र नेपाल सहित भारत, भूटान, श्रीलंका, माल्दिभ्स, म्यानमार, थाइल्यान्ड, बाङ्लादेश, इन्डोनेशिया, उत्तर कोरिया र टिमोर लिस्टे देश हुनेछन्। उनी बाङ्लादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन्।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments