दर्शक जसले क्रिकेटको बल लिएर भागे – सुरक्षाकर्मीले बल लगेको चाल समेत पाएनन
- कार्तिक १५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
खेल त्यसमा पहिलो फुटबल भन्दा बढि क्रेज बढ्दै गएको क्रिकेटको सान नेपालमा निकै बढ्दो छ । त्यसको तुलनामा फुटबल भन्दा क्रिकेटमा दर्शकहरु रम्न थालेका छन् । हुटिङ, ताली र गाली दर्शकका कोड हुन् । यिनै कोडले गर्दा खेलाडीहरुको मनोबल बढ्ने गर्छ र उनीहरुले खेलमा जोश बढाउन थाल्छन् । तर दर्शक मध्ये पनि अनौठा दर्शक भेटिन्छन् जसलाई क्रिकेट क्रेजी भन्ने कि खेललाई नियाँलेर गर्ने डिसिजन भन्ने ।
हो जारी क्रिकेटको खेलमा मूलपानी क्रिकेट ग्राउण्डमा यस्तै घटना घट्यो । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा खेल भैरहेको बेला । क्रिकेटमा छक्काको प्रभाव निकै देखीने गर्छ । खेलाडीको जीत पनि यसैमा अडिएको हुन्छ ।
तर कहिलेकाहीं खेलको दौरान छक्का हानेको बल दर्शकबाट फिर्ता नै आउँदैन । मूलपानी क्रिकेट ग्राउण्डमा घटेको घटना अनौठो थियो । जारी आइसिसी टि२० को खेलमा कुवेतले युएईलाई जितको लागि मात्रै ८९ रनको लक्ष्य दिएको थियो । जितका लागि एक रन चाहिँदा कुवेतका कप्तान मोहम्मद अस्लामले मित भावसारलाई बलिङ गर्न दिए ।
युवा स्पिन अलराउन्डर मितले १५ औं ओभरको पहिलो बल बासिल हामिदलाई डट राखेका थिए । मुलपानी एण्डबाट आएको दोस्रो बल बासिलले छक्का हान्दै युएईलाई पाँच विकेटको जित दिलाए । अफ स्टम्पतर्फ फ्याँकेको बललाई बासिलले डिप मिडविकेटतर्फ छक्का प्रहार गरे । मुलपानी मैदानको दर्शक बस्ने ठाउँतर्फ गरिएको उक्त विशाल प्रहारसँगै खेल पनि सकियो ।
धेरैको ध्यान युएईको उक्त जितमा थियो । तर दर्शकको ध्यान युएईसँगै त्यहाँ भएको एक रोचक घटनामा मोडियो । त्यहाँ भएका एक दर्शकले त्यो बल समाए र आफ्नो गोजीमा हाले ।
अनि त्यसपछि उनले फिल्मी शैलीमा आफ्नो मोटरसाइकल स्टार्ट गरेर तीव्र गतिमा हाँक्दै भागे । खेलका अम्पायर बुद्धि बहादुर प्रधानले लगातार बल मागेपनि दर्शक बल लिएर भागिसकेका थिए ।बाहिर रहेका सुरक्षाकर्मीले बल लगेर भागेको चाल पाउन सकेका थिएनन् । उनी बल लगेर भागेको हुँदा समाउन र रोक्न अन्य दर्शकले भनेका थिए । मुलपानीको दर्शक बस्ने कच्ची मोटरबाटोमा उनले आफ्नो ज्यानको कुनै पर्वाह नै नगरी मोटरसाइकल कुदाए । उनलाई अन्यले रोक्न भनेको सुनेका पनि थिए । तर उनी रोकिएनन् ।
केहि सुरक्षाकर्मीले पछ्याउने प्रयास गरेपनि मोटरसाइकलको गतीमा कसैले भेट्टाउन सकेनन् । यद्यपि उनको मोटरसाइकलको नम्बर भने प्रहरीले प्राप्त गरिसकेको छ । जारी प्रतियोगितामा अन्तर्राष्ट्रिय स्तरकै कुकाबुरा बलले खेलाइदै आएको छ । उक्त एक बलको मूल्य २५ हजार नेपाली रुपैयाँ पुग्ने गर्दछ । एक मात्रै किन्दा त्यसको मूल्य अझ बढी पर्नसक्छ । हरेक खेलमा दुई नयाँ बल प्रयोग गर्ने गरिन्छ । फरक इनिङमा फरक बल प्रयोग हुने गर्दछ ।
यदि कुनै कारण खेलको दौरानमा बल हराएमा त्यस्तै बल पुन प्रयोग गरिन्छ । अन्य खेलमा प्रयोग भएका बल अम्पायरसँग विकल्पका रुपमा हुन्छ । सकेसम्म पुरानै बल खोज्ने र नभेटिए मात्र अर्को बल प्रयोग गरिन्छ ।
खेलमा टस जितेर पहिला रोजेको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८८ रन बनाएको थियो । कुवेतका शिराज खानले टि२० आई खेलमा टेस्ट शैलीमा ब्याटिङ गरेका थिए । खानले ३१ बल खेल्दै १२ रन बनाएका थिए । यासिन पटेलले १८ बलमा १० रन बनाएका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments