•  ११ पुष २०८१, बिहीबार

प्रदेशसभामा प्रस्तुत हुँदै राजस्व सङ्कलन विधेयक

- कार्तिक १५, २०८० मा प्रकाशित


कासिन न्यूज,
विराटनगर ।

कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेशको राजस्व सङ्कलन विधेयक, २०८० प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री केदार कार्कीको अध्यक्षतामा बुधबार भएको मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ वार्षिक प्रतिवेदनका साथै अन्य आयोगका वार्षिक प्रतिवेदन सभामा पेश गर्ने निर्णय गरेको हो ।

साथै बैठकले झापाको अर्जुनधारा नगरपालिकालाई जापानको इवाते प्रान्तको तोवो नगरसँग भगिनीसम्बन्ध कायम गर्न स्वीकृति दिएको बिनाविभागीय मन्त्री शम्शेर राईले जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर